तिहारको बिदापछि खुलेको शेयर बजारमा नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४० मा सीमित भएको छ।
काठमाडौँ– दीपावलीको सार्वजनिक बिदापछि मंगलबार खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.२१ अंकले ओरालो लागेर २६७७.४० मा सीमित भएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८२ अंकले ओरालो लागेर ४७७.९९ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य उकालो लाग्दा ६ उपसमूहको भने ओरालो लागेको छ। कुल ९७ लाख १३ हजार ७३० कित्ता शेयर चार अर्ब २० करोड ५५ लाख पाँच हजार २३७ रुपैयाँमा कारोबार भएको छ।
नेप्सेका अनुसार, सुपर माई हाइड्रोपावरको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। समाज लघुवित्त ९.९५, युनाइटेड मोदी हाइड्रोपावर ९.५१, गुराँस लघुवित्त ९.३२ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ८.७५ प्रतिशतले कमाएका छन्।
त्यसैगरी, मिड सोलु हाइड्रोपावर १०, अप्पर स्याङ्गे हाइड्रोपावर ८.९४, सामलिङ पावर कम्पनी ६.४९, एक्सेल डेभलपमेन्ट बैंक ५.९७ र एनआईसी एशिया फ्लेक्सी फन्डका लगानीकर्ताले ५.९१ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
