पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।
काठमाडौँ– अदालतले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि मंगलबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो।
प्रहरी र सरकारी वकिलले २५ दिनको म्याद माग गरेका थिए। तर कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो।
कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट दोस्रो पटक पाएको म्याद कात्तिक १४ गते नै सकिएको थियो। यसबीचमा तिहार बिदा परेका कारण उनलाई मंगलबार अदालतमा उपस्थित गराउन लागिएको हो। अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार लामिछानेलाई कात्तिक १५ गतेबाट लागू हुने गरी १० दिन म्याद थप भएको हो।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई प्रहरीले सहकारीको रकम अपचलन र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ गरेको थियो। प्रहरीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारीको रकम अपचलनमा एकसाथ अनुसन्धान गरिरहेको छ। लामिछानेविरुद्ध रुपन्देहीमा पूरक जाहेरी परेको छ। उनीविरुद्ध त्यहाँ पनि अदालतबाट पक्राउ पुर्जी पनि जारी भइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
