थारू समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलबाट यो समुदायका झन्डै १२ प्रतिशत नागरिक प्रभावित भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
काठमाडौँ– सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ।
देशको पश्चिम तराईका थारू समुदायमा प्रमुख स्वास्थ्य समस्याको रूपमा देखिएको रोग सिकलसेल एनिमियाको उपचारका लागि भेरी अस्पतालमा हेमोग्लोविनोप्याथी वार्ड स्थापना हुने भएको हो।
ठूलो संख्यामा थारू समुदायमा समस्या देखिए पनि यसको उपचारका लागि पर्याप्त व्यवस्था हुन सकेको छैन। यस्तोमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले भेरी अस्पतालमा वार्ड स्थापना गरी सिकलसेल एनिमियाका बिरामीको उपचारको व्यवस्था गराउने निर्णय गरेका हुन्।
मन्त्री पौडेलले गत महिना सिकलसेल उपचार सम्बन्धमा अभियन्ता उज्वलविक्रम थापा, थारू अधिकारकर्मीलगायतको टोलीसँग यसका लागि केही व्यवस्था गर्ने घोषणा गरेका थिए।
सोहीअनुरूप थारू समुदायलाई पायक पर्ने र अधिक बसोबास रहेको क्षेत्रलाई लक्षित गरी भेरी अस्पतालमा वार्ड स्थापनाको निणर्य गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
थारू समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलबाट यो समुदायका झन्डै १२ प्रतिशत नागरिक प्रभावित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक आँकडाले देखाएको छ।
पश्चिम तराई बाँके, बर्दिया, कैलाली कञ्चनपुर लगायतका भूभागमा बसोबास गर्ने थारू समुदायका नागरिकहरू सिकलसेल रोगबाट बढी प्रभावित पाइएको छ।
विपन्न नागरिक औषधि उपचार कोष निर्देशिकाबमोजिम सिकलसेल एनिमिया रोग लागेका बिरामीहरूलाई शल्यक्रिया, औषधि तथा औषधीजन्य सामग्री, थप निदानात्मक सेवा शय्या सेवा शुल्क आदिको लागि एक लाख रुपैयाँसम्म खर्चको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
