उच्च अदालत पाटनले दीपक मनाङेलाई गरेको पाँच वर्ष कैद सजायको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको छ।
काठमाडौँ– सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई ज्यान मार्ने कसुरमा दोषी ठहर गरेको छ।
सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मंगलबार गुरुङको मुद्दामा उच्च अदालत पाटनको फैसलालाई सदर गरेको हो।
उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा गुरुङलाई दोषी ठहर गर्दै पाँच वर्षको कैद सजाय सुनाएको थियो। त्यसविरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए।
२०६१ सालमा गुरुङले चर्के मिलनमाथि तरबार प्रहार गर्दा उनको हाट काटिएको थियो भने पछि अस्पतालमा उनको हात जोडिएको थियो। यो विषयलाई लिए चक्रे मिलनकी श्रीमती इन्दिरा गुरुङले गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि उनीमाथि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
जिल्ला अदालतले कुटपिट भएको ठहर गर्दै गुरुङलाई दुई वर्षको कैद सजाय सुनाएको थियो। गुरुङको सजायमा चित्त नबुझाई सरकारी वकिलको कार्यालय पुनरावेदनमा गएको थियो।
उच्च अदालत पाटनले २०६९ सालमा गुरुङले ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै पाँच वर्षको कैद सजाय तोकेको थियो। त्यसविरुद्ध मनाङले दिएको पुनरावेदनको निवेदनमा सर्वोच्च अदालतले दाबी नपुग्ने ठहर गर्दै उच्च अदालत पाटनको फैसलालाई सदर गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
