कोशी र गण्डकीका पहाडी भूभागमा वर्षाको सम्भावना

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

काठमाडौँ– देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। जसका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यसैगरी, राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहने छ।