लिभरपुलले भने च्याम्पियन्स लिगमा आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै बायर लेभरकुजनलाई ४–० ले पराजित गरेको छ।
काठमाडौँ– युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र म्यानचेस्टर सिटीले हार बेहोरेका छन्।
युरोपकै सबैभन्दा ठूलो क्लब स्तरको प्रतियोगिताअन्तर्गत चौथो चरणमा इटालियन क्लब एसी मिलानसँग साबिक विजेता रियल मड्रिड ३–१ ले पराजित भएको हो ।
रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा मिलानका मालिक थिया, अल्भारो मोराटा र तिज्जानी रेइन्डर्सले गोल गरे। रियलका भिनिसियस जुनियरले १ गोल फर्काए। रियलको यो लगातार दोस्रो हार हो।
यस्तै, अर्को खेलमा सिटी स्पोर्टिङसँग ४–१ ले पराजित भयो। स्पोर्टिङका भिक्टर ग्योकेरेसले ह्याट्रिक गर्दा म्याक्सिमिलियानो अराउजोले १ गोल गरे। सिटीका फिल फोडेनले १ गोल फर्काएका थिए। सिटीको यो लगातार तेस्रो हार हो ।
यस्तै, लिभरपुलले बायर लेभरकुजनलाई ४–० ले पराजित गरेको छ। एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि लुइस डियाजले ह्याट्रिक गरे। कोडी काक्पाले अर्को एक गोल थपे। जितपछि लिभरपुल चार खेलबाट १२ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
