अमेरिकी राष्ट्रपति निर्वाचन: शुरूआती गणनामा ट्रम्पको अग्रता

अमेरिकाको ४७‍औँ राष्ट्रपति छान्न मंगलबार निर्वाचन भएको थियो। रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस प्रतिस्पर्धामा छन्। 

अमेरिकामा मंगलबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ।

शुरूआती मत परिणामअनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन्। बीबीसीका अनुसार बुधबार बिहान १० बजेसम्म २११ इलेक्टोरल मतसहित अगाडि देखिएका छन्।

डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले १५३ इलेक्टोरल मत प्राप्त गरेकी छन्। ट्रम्पले इन्डियाना, वेस्ट भर्जिनिया, केन्टकी, मिसौरी, ओक्लोहामा, अल्बामा, अर्कानास, टेनिसी, फ्लोरिडा, साउथ क्यारोलिनालगायत राज्यमा जित हासिल गरेका छन्।

यसैगरी, कमला ह्यारिसले क्यालिफोर्निया, कोलोराडो, भर्मोट, न्यूह्याम्प्सपायर, म्यासाचुयट्स, मेरिल्यान्ड, कोलम्बियालगायत राज्यमा विजयी भएकी छन्।