खेतमा काटेर सुकाएको धानको निहिन र पराल सोमबार र मंगलबारको वर्षाले डुबाएको किसानले बताएका छन्।
दमौली– सोमबारको भीषण वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा भित्र्याउने बेला भएको धानमा क्षति भएको छ।
जिल्लाका १० वटै पालिकाका विभिन्न ठाउँमा वर्षाले धानमा क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार वर्षाका कारण भएको क्षतिको विवरण संकलन भइरहेको छ।
यस वर्ष जिल्लामा आठ हजार हेक्टरमा धान रोपिएको थियो। यहाँ राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायत धानखेती हुने गरेको केन्द्रले जनाएको छ। गत वर्ष ३३ हजार २८० मेट्रिक टन वर्षे र सात हजार ९३८ मेट्रिक टन चैतेधान उत्पादन भएको थियो।
जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायत क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन्। तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर छ। ५१ हजार ५१० क्षेत्रफलमा मात्र विभिन्न खेती भइरहेको छ। १३ हजार ५५१ हेक्टर खेतीयोय जमिन बाँझो छ
वर्षाले म्याग्दीका विभिन्न क्षेत्रमा वर्षाका कारण थन्क्याउने तयारी भएको धानमा क्षति पुगेको छ। खेतमा काटेर सुकाएको धानको निहिन र पराल डुबाएको किसानले बताएका छन्।
जिल्लाका रघुगंगा, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाका अधिकांश स्थानका किसानले तिहार सकिएलगत्तै धान भित्र्याउने तयारी गरेका थिए। तिहार अघिदेखि काटेर सुकाएको धानको निहिन पानीले भिजाएपछि धान खेतमा नै मक्किएको र दाना कालो देखिएको रघुगंगा–३ का किसान वेलबहादुर दर्जीले बताए।
यही कात्तिक ६ गते साँझ पनि म्याग्दीका विभिन्न क्षेत्रमा असिनापानीले धानखेतमा ठूलो क्षति भएको थियो। असिनापानीले बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा र तमानेमा ३५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको थियो।
बेनी नगरपालिका– २ का वडासदस्य चन्द्रकान्त रिजालका अनुसार असिनापानीले खेतमा पाक्नै लागेको धानबालीमा २५ देखि ८० प्रतिशतसम्म क्षति पुर्याएको छ। कोदोबालीमा पनि ५० प्रतिशत क्षति भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
