सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट हुने मृत्यु दोब्बर हुन्छ: अध्ययन

मानव विकास सूचकांकमा कम वरियता भएका देशमा क्यान्सरका बिरामी र मृत्युदर तीन गुणाले बढ्ने अनुमान गरिएको छ।

अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको संख्या दोब्बर हुने प्रक्षेपण गरेको छ ।

अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ। जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो।

युनिभर्सिटी अफ क्विन्सल्यान्डका हब्तामु बिजुआयेहुको नेतृत्वमा अनुसन्धानकर्ताले १८५ देशका ३६ प्रकारका क्यान्सरका बिरामी र मृत्युदरको विश्लेषण गरेका थिए। सन् २०५० को संयुक्त राष्ट्रसंघको जनसंख्या पूर्वानुमानमा यो दर लागू गरेर क्यान्सरका बिरामी र मृत्युको प्रक्षेपण गरेका थिए 

मानव विकास सूचकांकमा कम वरियता भएका देशमा क्यान्सरका बिरामी र मृत्युदर तीन गुणाले बढ्ने अनुमान गरिएको छ।

सन् २०५० मा फोक्सोको क्यान्सर यस रोगका कारण हुने मृत्युको प्रमुख कारण रहने अनुमान गरिएको छ। जुन सन् २०२२ मा १८.७ प्रतिशत रहेको थियो।

महिलाको तुलनामा पुरुषमा क्यान्सरका बिरामी र मृत्यु हुनेको संख्या बढी हुने अध्ययनले देखाएको छ।