स्वीकृति नलिई विदेश गएको आलोचनापछि कोशी प्रदेशका मन्त्री अधिकारीद्वारा राजीनामा

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्।

काठमाडाैँ– कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्।

केही दिनअघि प्रदेश सरकारको स्वीकृति नलिइकन विदेश (जापान) गएका मन्त्री अधिकारीको आलोचना भएपछि आफूले नैतिकताको आधारमा राजीनामा दिएको जानकारी दिएका छन्।

‘मैले गरेको निजी जापान भ्रमणको सन्दर्भमा भएका केही पक्रियागत विषयमा उडेका प्रश्नहरूको सन्दर्भमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ अधिकारीले राजीनामा पत्रमा भनेका छन्, ‘यस्तो विषयमा प्रश्न उठी सकेपछि म एक जिम्मेवार पार्टीको जिम्मेवार जनप्रतिनिधिको हैसियतले उच्च नैतिकताको आधारमा उक्त मन्त्री पदबाट राजीनामा गरी नेतृत्वलाई सहयोग पुर्‍याउनु उचित ठानी आन्तरिक मामिला तथा कानून मन्त्रालयको मन्त्री पदबाट राजीनामा गरेको छु।’

मन्त्री अधिकारी गत जेठ ४ गते प्रदेशको मन्त्रीमा नियुक्त भएका थिए।