गभारोका कारण पोखराको फेवाफाँटस्थित एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो धानबाली सखाप भएको छ।
गण्डकी– जेठोबुढो धानको पकेट क्षेत्रका रूपमा परिचित पोखराको फेवाफाँटका किसान धानमा गभारो लागेपछि चिन्तित छन्। गभारोले धानमा गेडो लागेको छैन। पराल पनि पशुले नखानेगरी बिग्रिएको छ।
गभारोका कारण यहाँको एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो खेर गएको किसान देविललाल लामिछानेले बताए। गभारोले पहिलो पटक यसरी धान सखाप पारेको उनको भनाइ छ। रोगबारे आफूहरू अनभिज्ञ रहेको पीडित किसानले बताएका छन् ।
पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले फेवाफाँट पुगेर बाली निरीक्षण गरेको छ। “फेवाफाँटमा गभारोको प्रकोप रहेछ। समयमा नै जानकारी पाएको भए क्षति घटाउन सकिन्थ्यो। अब केही गर्नसक्ने अवस्था छैन,” महाशाखा प्रमुख मनोहर कडरियाले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
