टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको हो।
काठमाडौँ– आईसीसी यू१९ महिला टी२० विश्वकप एशिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले कुवेतलाई १३१ रनको लक्ष्य दिएको छ।
दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको हो।
नेपालकी कप्तान पुजा महतोले सर्वाधिक ३४ रन बनाइन्। उनले ३८ बलमा ४ चौका प्रहार गरेकी थिइन्। साना प्रविनले १८ बलमा २५ तथा ज्योत्सनिका मरासिनीले १८ बलमा २३ रन जोडिन्।
कुवेतकी आयेसा पेवेकरले २ तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान १–१ विकेट लिए। नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो।
चार टोलीको सहभागिता रहेको यस प्रतियोगिताको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ। विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
