छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य (तस्वीरहरू)

व्रतालुहरूले पोखरी, तलाउ तथा नदी किनारमा निर्माण गरिएका छठघाटमा अस्ताउँदै सूर्यलाई अर्घ्य दिएर तेस्रो दिनको छठ पर्व मनाएका छन्।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर तेस्रो दिनको छठ पर्व मनाइएको छ। चार दिनसम्म मनाइने छठको तेस्रो दिन व्रतालुले कमलपोखरी किनारमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्। यस्तै, बिहीबार देशभर पोखरी, तलाउ तथा नदी किनारमा निर्माण गरिएका छठघाटमा अस्ताउँदै सूर्यलाई व्रतालुहरूले अर्घ्य दिएका छन्। भोलि शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा छठ पर्व सकिनेछ। यस्तै, गुह्येश्वरीमा पनि अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। अर्घ्यका रूपमा सुपारी, इलाइची, ल्वाङ, सिन्दुर चढाउने परम्परा छ। हेर्नुहोस् तस्वीरहरू :