धावनमार्ग, ट्याक्सी वे, पार्किङ वेलगायत विस्तार तथा मर्मत काम गर्नुपर्ने भएकाले शुक्रबारदेखि पाँच महिनासम्म दैनिक १० घण्टासम्म विमानस्थल बन्द गर्न लागिएको हो।
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको स्तरोन्नतिका लागि शुक्रबारदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो।
प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्यांगर एप्रोन’लगायत विस्तार गर्नेछ। यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ। स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन्। हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो।
आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार धावनमार्गसँगै समानान्तर हुने गरी ट्याक्सी वे बनाउन लागिएको छ। उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर बन्द गरिएको उनले उल्लेख गरे। विमानस्थलको पटक–पटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ। २०७७ सालमा सो विमानस्थलको धावनमार्ग विस्तार गरी तीन हजार ३०० मिटर कायम गरिएको थियो। त्यतिबेला पनि बेलुका ६ देखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो। तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ विस्तार भएको थियो।
२०७५ सालमा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर चार महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्ण रूपमा मर्मत (कालोपत्र) गरिएको थियो। यस विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन्। आन्तरिकमा दुईतर्फी ३०० भन्दा बढी र अन्तर्राष्ट्रियतर्फ १०० हाराहारी उडान हुने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
