सडक डिभिजन कार्यालय तुम्लिङटारको सिफारिसमा कान्छाराम कन्स्ट्रक्सनलाई दुई वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ।
काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनीहरूलाई कालोसूचीमा राखेको छ।
कान्छाराम कन्सट्रक्सनका सञ्चालक संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइराज्यमन्त्री पूर्णबहादुर तामाङ हुन्। रामेछापबाट निर्वाचित उनी नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य हुन्।
सडक डिभिजन कार्यालय तुम्लिङटारको सिफारिसमा कान्छाराम कन्स्ट्रक्सनलाई दुई वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ। उक्त कम्पनीसँग जोइन्ट भेन्चरमा माग गरिरहेको एनबी कन्स्ट्रक्सनसमेत कालोसूचीमा परेको छ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम यसरी कालोसूचीमा पर्ने कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिदमा भाग लिन पाउँदैनन्।
यस्तै, विभिन्न सार्वजनिक निकायको सिफारिसमा अन्य दर्जन कम्पनीसमेत कालोसूचीमा परेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
