लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा स्थानीयसहितको टोलीले ढुंगामुढा गरेर अवरोध पुर्याएको थियो।
काठमाडौँ– रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले ११२ बोरा चिनी बरामद गरेको छ।
भारतबाट चिनी अवैध रूपले नेपाल ल्याएर राखेको भन्ने सूचना पाएपछि खटिएको सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी इकाई र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले चिनी बरामद गरेको हो।
यसैबीच चिनी बरामद गरेर फर्किँदै गरेको टोलीमाथि तस्करको समूह र केही स्थानीयले टोलीमाथि ढुंगामुढा प्रहार गरेका थिए। लगत्तै सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमान्डमा खटिएको ७० जनाको टोलीले भिडलाई तितरवितर पारेर स्थिति नियन्त्रणमा लिएको थियो। बरामद चिनी राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ।
ढुंगामुढा प्रहारबाट दुई जना सशस्त्र प्रहरी घाइते भएका छन्। सशस्त्र प्रहरीको एउटा गाडीमासमेत क्षति पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
