नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सत्ताको हतियार मात्र हुन लागेको र निर्वाचनको गोलचक्करमा मात्रै सीमित भएको दाबी गरेका छन्।
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसभित्र नै विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसभित्र न्यायोचित व्यवहार नभएको गुनासो आइरहेको भन्दै पार्टीभित्र शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको बताएका हुन्।
उनले पार्टी सत्ताको हतियार मात्र हुन लागेको बताए। उनले पार्टीहरू निर्वाचनको गोलचक्करमा मात्रै सीमित भएको दाबी गरे। "हामीले आफ्नै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ। आफ्नै पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आएको छ। पार्टीलाई ठीक ठाउँमा पुर्याउनुपर्ने बेला आएको छ," उनले भने, "नत्र त पार्टी मात्र सत्ताको हतियार हुने भयो।"
महामन्त्री थापाले पार्टीभित्रका नेताले नै पार्टीभित्र न्याय, सन्तुलन, सबैलाई सही ढंगले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको बताए। उनले अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यकताको बोध हुन थालेको जिकिर गरे। उनले युवाको समर्थनले आफूमा यस्ता विकृतिलाई चिर्ने तागत थपिएको भन्दै युवालाई निराश नबनाउने प्रतिवद्धतासमेत व्यक्त गरे।
"अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यकताको बोध हुन थालेको छ। यसका लागि युवाको उपस्थितिले तागत बढाएको छ। युवालाई निराश बनाउँदिनँ," उनले भने।
महामन्त्री थापाले सरकारले डेंगी नियन्त्रणलाई प्राथमिकता नदिएको भन्दै सरकारको आलोचना गरे। उनले सरकार मात्र निर्वाचनलगायत अन्य कुरामा केन्द्रित भएको र जनताको स्वास्थ्योपचारमा उदासिन बनेको बताए।
उनले पूर्ववर्ती सरकारलाई कोरोनाको बेलामा काम भएन भनेर विरोध गरिरहेको तर अहिले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारबाट डेंगी नियन्त्रण र न्यूनीकरणका लागि पहल हुन नसकेको बताए।
महामन्त्री थापाले डेंगीका कारण चाडबाडको बेलामा जनजीवन प्रभावित बनेको सुनाए। प्रधानमन्त्रीले आपत्कालीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर संक्रमणलाई न्यूनीकरण गर्ने अभियान शुरू गर्नुपर्ने बताए।
उनले सरकारसँग देशभरको डेंगी संक्रमणलाई कसरी घटाउने, रोकथाम कसरी गर्ने, अस्पतालमा भएको दबाबलाई कसरी कम गर्ने भन्ने बारेमा छुट्टै अभियान सञ्चालन गर्न माग गरे।
महामन्त्री थापाले सरकारले महामारीको बेलामा अरू कुरालाई प्राथमिकतामा राखेर मुख्य जिम्मेवारीबाट पन्छिन नमिल्ने जिकिर गरे।
महामन्त्री थापाले देशको आजको सबैभन्दा ठूलो मुद्दा नेपालका युवाले स्वदेशमा नै रोजगारी पाउने कुरा हुनुपर्ने बताए। उनले वर्तमान अवस्थामा नेपालको राजनीतिको प्राथमिकतामा चुनाव लड्ने, जित्ने र सरकार बनाउने कुरामा मात्रै सीमित भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
