जाडो मौसमसँगै बन्दीपुर घुम्न आउने पर्यटकको चहलपहल बढ्छ। यहाँ ढुंगाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि पर्यटक आकर्षित हुने गरेका छन्।
काठमाडौँ– कोलाहल, धुवाँधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई तनहुँको बन्दीपुर उपयुक्त गन्तव्यका रूपमा विकास भइरहेको छ। दमौलीदेखि १८ किलोमिटरमा डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ।

भक्तपुरे शैलीमा इँटाबाट बनाइएका घर। बुट्टा भरेका आँखीझ्याल। कलाले सिँगारेका टुँडाल। शान्त बजार, त्यही बजारको बीचमा ढुंगाको छपनीले चिठेको बाटो, जहाँ गाडी गुडाउन बन्देज छ।

भीमसेनको मन्दिर। थानीमाई, खड्गदेवी। तीनधारेको चिसो पानी। एक हजार ३० मिटरको उचाइमा फराकिलो टुँडिखेल छ। जहाँबाट उत्तरतर्फ फर्किँदा आँखै अगाडि देखिन्छन् अन्नपूर्ण, धौलागिरि, लमजुङ, मनास्लु, बौद्ध र फिस्टेल हिमाल।

मर्स्याङ्दी नदीले बनाएको सुन्दर उपत्यका पनि। हिम चुचुराबाट आएको हावाको झोँकाले मुटुमा स्पर्श गर्छ र फेरि आउन निम्तो दिन्छ। २५० वर्षे लामो इतिहास बोकेको बन्दीपुर पहिले व्यापारिक गढीका रूपमा कहलिएको थियो। अहिले पर्यटकीय शहर बनेको छ। घुम्न आउने घुमन्तेले यो शहरलाई उपमा दिएका थिए, ‘पहाडकी रानी बन्दीपुर,’ जुन विश्वभर प्रख्यात छ।

सिजन शुरू हुने बेला भएकाले पर्यटकको चहलपहल हुनेमा व्यवसायी आश्वस्त छन्। जाडो मौसमसँगै बन्दीपुर घुम्न आउने पर्यटकको चहलपहल बढ्छ। पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिकस्थलको बारेमा जानकारी दिने गरिएको छ। बन्दीपुरमा ढुंगाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि विदेशी आकर्षित हुने गरेका छन्।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
