अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटास्थित रेल स्टेसनमा शनिबार बिहान विस्फोट भएको थियो।
पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ।
क्वेटा रेलवे स्टेसनमा भएको विस्फोटमा दर्जनौँ घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ४६ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ। मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ।
अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा स्थानीय समय अनुसार बिहान ८ः४५ बजे यात्रुहरू रेल पर्खिरहेको समयमा विस्फोट भएको थियो।
पछिल्लो समय आतंकवादीहरूले विदेशी वित्तपोषणको आधारमा ऊर्जा परियोजनालाई लक्षित गरी विस्फोटका घटना बढाउँदै आएका छन्।
गत अगस्टमा भएका दर्जनौँ आक्रमणको जिम्मेवारी बीएलएले लिएको थियो जसले कम्तीमा ३९ जनाको ज्यान लिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
