यू१९ महिला विश्वकप एशिया छनोट: यूएईले नेपाललाई दियो १२३ रनको लक्ष्य

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनायो।

काठमाडौँ– आईसीसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटमा यूएईले नेपाललाई १२३ रनको लक्ष्य दिएको छ। 

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनायो। यूएईका रिनिथा रन्जितले सर्वाधिक ४८ रन बनाइन्। 

नेपालका रिया शर्माले ३ विकेट लिइन्। कप्तान पूजा महतो, कृष्मा गुरुङ तथा सिमाना केसीले समान १–१ विकेट लिए।