आईसीसी यू१९ महिला टी२० विश्वकप एशिया छनोटअन्तर्गत शनिबारको खेलमा नेपाल यूएईसँग १३ रनले पराजित भएको छ।
काठमाडौँ– आईसीसी यू१९ महिला टी२० विश्वकप एशिया छनोटअन्तर्गत नेपाल घरेलु टोली युनाइटेड अरब इमिरेट्स ‘यूएई’सँग पराजित भएको छ। शनिबार भएको खेलमा नेपाल यूएईसँग १३ रनले पराजित भएको हो।
जितका लागि १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०९ रनको योगफल मात्र जोड्न सक्यो। नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४८ रन जोडिन्। सोनी पाख्रिन र साना प्रविनले १९, ज्योत्सनिका मरासिनीले ११ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
यूएईका लागि इन्दुजा नान्दाकुमारी, लावान्य केनी र मेहक ठाकुरले समान १/१ विकेट लिए।
त्यसअघि अजमानको द सेभेन स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन जोडेको थियो। यूएईका रिनिथा रञ्जितले ४८, लावन्या केनीले २० रन जोड्दा इन्दुजाले १२ रनको योगदान दिइन्।
नेपालका लागि रिया शर्माले ३ विकेट लिँदा पूजा महतो, करिष्मा गुरुङ र सीमा केसीले १/१ विकेट लिए।
बुधबारदेखि शुरू भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेलेको थियो। उक्त खेलमा नेपाल ६७ रनले विजयी भएको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको थियो।
प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यू१९ महिला टी२० विश्वकपका लागि छनोट हुनेछ। यू१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
