एमालेले मानव तस्करीको आरोप लागेका कोशी प्रदेश सांसद एवं पूर्वमन्त्री लीलाबल्लव अधिकारीलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको छ।
काठमाडौँ– नेकपा एमालेले मानव तस्करीको आरोप लागेका कोशी प्रदेश सांसद एवं पूर्वमन्त्री लीलाबल्लव अधिकारीको संगठित सदस्यता निलम्बन गरेको छ।
शनिबार बसेको एमाले कोशी प्रदेशको बैठकले अधिकारीलाई उनीमाथि लागेका आरोपको अन्तिम निरूपण नभएसम्मका लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने निर्णय गरेको हो।
एमाले कोशी प्रदेश अध्यक्ष धनश्याम खतिवडाका अनुसार पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी उनलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा एमालेको संगठित सदस्यताबाट समेत निलम्बन गरिएको हो।
एमालेका तर्फबाट मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित भएका थिए। उनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री रहेका बेला गरेको जापान भ्रमण विवाद बनेको छ।
भ्रमणका क्रममा केही दिनअघि जापान पुगेका उनलाई त्यहाँको अध्यागमन कार्यालयले शंकास्पद कागजात रहेको भन्दै फर्काइदिएको थियो। उनीसँगै जापान अध्यागमन कार्यालयले फर्काइदिएका अन्य तीन जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरू अहिले प्रहरीको नियन्त्रणमा छन्।
वैदेशिक भ्रमणसम्बन्धी मापदण्ड तथा प्रक्रियासमेतको बेवास्ता गरी पदीय मर्यादा विपरीत जापानको भ्रमण गरेको आरोपपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।
“लीलाबल्लव अधिकारीमाथिका आरोपको अन्तिम निरूपण नभएसम्मका लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी उहाँलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा नेकपा (एमाले) को संगठित सदस्यताबाट समेत निलम्बन गरिएको जानकारी गराइन्छ,” खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उनले अधिकारीको भ्रमणसँग जोडिएर लागेको मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
