एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमणको आरोपमा चार जनालाई पक्राउ गरेको क्रोएसियाको प्रहरीले जनाएको छ।
एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमणको आरोपमा चार जनालाई पक्राउ गरिएको क्रोएसियाको प्रहरीले जनाएको छ।
व्यापक आप्रवासन र घट्दो जनसंख्याको सामना गरिरहेको ३८ लाख जनसंख्या भएको युरोपियन युनियन (ईयू) सदस्य राष्ट्र क्रोएसियाले दीर्घकालीन श्रम अभावबाट पार पाउन संघर्ष गरिरहेको छ।
परम्परागत रूपमा बाल्कन छिमेकीबाट मौसमी कामदारमा निर्भर क्रोएसियाले एड्रियाटिक तटमा निर्माण र यसको प्रमुख पर्यटन क्षेत्रमा विशेष गरी दशौँ हजार रोजगारीका लागि लागि नेपाल, भारत, फिलिपिन्स र अन्य ठाउँका कामदारमा भर परिरहेको छ।
तटीय शहर स्प्लिटमा खाना डेलिभरी गर्ने कामदारमाथि शारीरिक आक्रमण गरेको आशंकामा पक्राउ परेका चारै जनामाथि ‘घृणाजन्य अपराध’को आरोपमा अनुसन्धान भइरहेको प्रहरीले शनिबार जनाएको छ।
शुक्रबार राति भएको आक्रमणमा ४१ वर्षीय एक विदेशी नागरिक र एक आक्रमणकारी सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
उक्त आक्रमणलगत्तै स्प्लिटमा पनि विदेशी खाना डेलिभरी गर्ने कामदारलाई लक्षित गरी अन्य तीन वटा घटना भएका थिए, जसमा एक नेपाली गम्भीर घाइते भएका थिए। अर्का एक जना भारतीय नागरिक थिए भने अन्य दुई जनाको राष्ट्रियता खुलाइएको छैन।
प्रहरीले तीनै आक्रमणका दोषीको खोजी कार्य जारी राखेको जनाएको छ।
सन् २०२३ मा क्रोएसियाले ईयूबाहिरका करिब एक लाख २० हजार नागरिकलाई श्रम अनुमति प्रदान गरेको थियो। यो वर्ष यो आँकडा अझ बढी हुने बताइएको छ। सरकारले नोभेम्बरसम्म लगभग एक लाख ५० हजार ईयूभन्दा बाहिरका नागरिकका लागि ‘वर्क परमिट’ जारी गरेको थियो।
राजधानी जाग्रेबका प्रहरीले यस वर्षको शुरूमा विदेशी कामदार, विशेष गरी खाद्यान्न डेलिभरी गर्नेमाथि आक्रमण बढ्दै गएको बताएका थिए।
प्रायःजसो आक्रमण जातीय नभई डकैतीजन्य थिए। क्रोएसियाको कुल जनसंख्याको ९० प्रतिशतभन्दा बढी क्रोएट्स समुदायले ओगटेको छ जसमध्ये करिब ८० प्रतिशत रोमन क्याथोलिक छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
