समाज सुधारमा पुर्याएको योगदानको कदर गर्दै सरकारले फाल्गुनन्दलाई २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो।
काठमाडौँ– किरात धर्मका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती आइतबार विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। १९४२ कात्तिक २५ गते इलाममा फाल्गुनन्दको जन्म भएको थियो।
किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ। समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए। जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ। यो १९८८ वैशाख २४ गते जारी गरिएको थियो।
उक्त मुचुल्कामा छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवान्को पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन्।
महागुरु फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागेका थिए। त्यसक्रममा उनले देशद्रोहीको अभियोग पनि खेप्नुपरेको थियो। फाल्गुनन्दको २००५ सालमा निधन भयो।
समाज सुधारमा पुर्याएको योगदानको कदर गर्दै सरकारले फाल्गुनन्दलाई २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो। उनको योगदानको कदर गर्दै किराती समुदायको बसोबास रहेका पूर्वी भेगका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ।
फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेश सरकारले आइतबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
