बन्धक र कैदीको रिहाइका लागि युद्धविराम गर्न महिनौँदेखि निरर्थक देखिएको वार्ताको कतारले नेतृत्व गरिरहेको थियो।
इजरायल र हमासबीच युद्धविरामको मध्यस्थता गर्दै आएको कतार अब उक्त हैसियतबाट पछि हटेको छ। खाडी मुलुक कतारले हमासलाई उसको दोहा कार्यालयबाट गाजा युद्धविराम र बन्धक सम्झौताका लागि काम गर्न नसक्ने पनि बताएको छ।
इजरायल र हमास दुवै सद्भावपूर्वक सम्झौता गर्न इच्छुक नभएसम्म मध्यस्थता नगर्ने कतारले जनाएको छ।
कतारले बन्धक र कैदीको रिहाइको लागि युद्धविराम गर्न महिनौँदेखि वार्ताको नेतृत्व गरिरहेको थियो। तर उक्त वार्ता निरर्थक हुँदै आएको छ। स्रोतका अनुसार कतारले आफ्नो निर्णयबारे इजरायल र हमासका साथै अमेरिकी प्रशासनलाई समेत जानकारी गराइसकेको छ ।
“कतारीहरूले अमेरिकी प्रशासनलाई दुवै पक्षले वार्ताको टेबुलमा फर्किन इमानदार इच्छा प्रदर्शन गरेमा मध्यस्थतामा पुनः संलग्न हुन तयार रहेको पनि जानकारी गराएका छन्,” स्रोतले भन्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
