२०५३ सालदेखि विद्युत् उत्पादन गरिरहेको विद्युत्गृहमा आंशिक क्षति भएको छ। खानेपानीका अधिकांश ट्यांकी र पाइप नष्ट भएका छन्।
पाटन– दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ। असोज ११ र १२ गते टुङ्गुन र धामीखोलामा आएको बाढीले बजारलाई बगरमा परिणत गरेको हो।
बाढी पहिरोबाट ६ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको महांकाल गाउँपालिका–३ का अध्यक्ष मनोजकुमार पराजुलीले बताए। उक्त रकम बराबरको क्षति सार्वजनिक र निजी संरचनामा भएको हो।
“यहाँ नजिकै रहेको खुवा कम्पनी, वैतर्णी मन्दिर, १०८ शिवलिंग, हवन कुण्ड, पक्की भवन सबै बाढीले बगायो। संस्कृत पढाउने उद्देश्यले निर्माणाधीन पक्की भवनमा ठूलो क्षति भयो,” वडा कार्यालयमा रहेका पराजुलीले भने, “निरन्तरको झरिले पहिरो मात्र खसेन। धामीखोलामा थुप्रिएको बालुवा, ढुंगा, माटो, रुखसहित बाढी गाउँबस्ती पसेपछि अकल्पनीय क्षति भएको हो।”
बाढीपीडित स्थानीय प्रेम श्रेष्ठका अनुसार बाढीले वन तथा प्रहरी कार्यालयसमेत बगाएका थियो। “मेरो र भाइ उत्तमको एउटा दुईतले पक्की भवन थियो। अर्काे कच्ची दुवै बगे। वन, प्रहरी कार्यालय र सवारीसाधन सबै बगे,” उनले भने, ‘बाढीपहिरोमा परेर गाउँका तीन जनाको मृत्यु भयो। उनीहरूका घर भएका स्थान बगरमा परिणत भयो।”
२०५३ सालदेखि विद्युत् उत्पादन गरिरहेको विद्युत्गृहमा आंशिक क्षति भएको छ। हिलसाइड माध्यमिक विद्यालयको भवनमा पनि क्षति भएको गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बताए।
खानेपानीका अधिकांश ट्यांकी र पाइप नष्ट भएका छन्। दुई हजार ३०० घरमध्ये ७५ प्रतिशतलाई खानेपानीको व्यवस्था गर्न हम्मेहम्मे परेको छ। हालसम्म बाढीले बगाएका सडकको मर्मतसम्भार नहुँदा मूलसडकमा पुग्न कठिनाइ भएको अध्यक्ष केसीको भनाइ छ।
विपद् पीडितहरूका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ दिएको छ। संघले क्षतिको आधारमा गाउँपालिकालाई ‘क’ वर्गमा वर्गीकरण गरी १ करोड प्रदान गरेको छ।
विस्थापितको पुनर्वासका साथै नासिएका मासिएका भौतिक संरचनाको पुनर्निर्माणका लागि बहुवर्षीय योजनाअनुसार काम गर्न संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरिने जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले बताए।
“विस्थापितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था गर्न आधा रोपनी जग्गा स्थानीय तहले सिफारिस गरिसकेको छ। अब जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रिपरिषद्बाट निर्णय हुनेमा हामी आशावादी छौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
