देशभरकाे तापक्रम घट्दै जाने, सावधानी अपनाउन आग्रह

जल तथा माैसम विज्ञान विभागले तीन दिन देशभरकाे माैसम सफा रहे पनि चिसाे बढ्ने तथा तराईमा बाक्लाे हुस्सु लाग्ने जनाएकाे छ।

काठमाडौँ– देशभरको तापक्रम घट्दै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

तीन दिनको मौसम पूर्वानुमान गर्दै विभागले जाडो बढ्ने जनाएको हो। तराईका केही भू–भागमा भने बिहानीपख बाक्लो हुस्सु र कुहिरो लाग्ने छ। चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागको अनुरोध छ।

आईतबार दिउँसो देशभरकाे मौसम सफा रहे पनि राति लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ। सोमबार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने विभागको अनुमान छ। 

मंगलबारकाे मौसम सामान्यतया सफा रहनेछ ।