जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेर पठाइदिन पत्राचार गरेपछि जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई पक्राउ गरेको हो।
काठमाडौँ– मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेर पठाइदिन पत्राचार गरेपछि जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई पक्राउ गरेको हो। कोशीका डिआइजी चन्द्रकुबेर खापुङले अधिकारीलाई पक्राउ गरिएको र काठमाडौँ पठाउन लागिएको बताए।
अधिकारी एमालेका तर्फबाट मोरङ–२ (ख) बाट निर्वाचित भएका थिए। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री रहेका बेला केही दिनअघि जापान पुगेका उनलाई त्यहाँको अध्यागमनले फर्काइदिएको थियो।
उनीसँगै जापान अध्यागमन कार्यालयले फर्काइदिएका अन्य तीन जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरू अहिले प्रहरीको नियन्त्रणमा छन्।
मानव तस्करीको आरोप लागेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। एमालेले पनि उनलाई शनिबार पार्टीबाट निलम्बन गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
