इजरायलले दुई घरमा गरेको आक्रमणमा परी १३ बालबालिकासहित ३० जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकाय जनाएको छ।
गाजाको नागरिक सुरक्षा निकायले प्यालेस्टिनी भूभागको उत्तरी क्षेत्रका दुई घरमा इजरायलले गरेको आक्रमणमा परी १३ बालबालिकासहित ३० जनाको मृत्यु भएको जनाएको छ।
उत्तरी गाजाको जबालियास्थित एक घरमा आइतबार बिहान भएको पहिलो आक्रमणमा १३ बालबालिकासहित कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका नागरिक सुरक्षा निकायले जनाएको छ।
गाजा शहरको साबरा क्षेत्रमा भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने अन्य अझै बेपत्ता छन्। “अझै पनि धेरै सर्वसाधारण भग्नावशेषमुनि पुरिएका छन्,” प्यालेस्टिनी सुरक्षा निकायले भनेको छ।
गत अक्टोबर ६ देखि इजरायली सेनाले उत्तरी गाजाको जबालियालगायत क्षेत्रमा हमास लडाकु समूहलाई पुनः संगठित हुनबाट रोक्न भन्दै हवाई तथा स्थलगत आक्रमण गरिरहेको छ।
सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा एक हजार २०६ जनाको जनाको ज्यान जाने गरी हमासले गरेको आक्रमणपछि गाजामा युद्ध शुरू भएको थियो।
इजरायलको जवाफी कारबाहीमा गाजामा ४३ हजार ५५२ जनाको मृत्यु भएको, मृतकमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। गाजा युद्ध जारी छ र यो क्रमशः लेबनानतर्फ विस्तार हुँदै गएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
