मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई पक्राउ गरी प्रहरीले काठमाडौँ ल्याएको छ।
काठमाडौँ– कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीलाई मानव तस्करीको कसुरमा अनुसन्धान गर्न मोरङबाट पक्राउ गरी काठमाडौँ ल्याइएको छ। नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको आरोपमा अनुसन्धानका लागि प्रहरीले उनलाई आइतबार विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो।
कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा फिर्ता पठाइएको प्रहरीले जनाएको छ। नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको बयान दिएको प्रहरीको भनाइ छ।
नेकपा एमाले कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी अधिकारीलाई गरेको थियो। उनीमाथि गरेको कारबाहीलाई शनिबारको एमाले केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको थियो। उनले मानव तस्करीको आरोप लागेपछि मन्त्री पदबाट राजीनामा दिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
