कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, घटनास्थलमा पुग्यो हेलिकप्टर

कालीकोटको पलाँता गाउँपालिका–३ मा आइतबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

काठमाडौँ– कालीकोटको पलाँता गाउँपालिका–३ को राडुकाप्रेमा बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

गाउँपालिका उपाध्यक्ष अलैपुरा जैशीले दुर्घटनामा परी आठ जनाको मृत्यु भएको जानकारी पाएको बताए। उनका अनुसार घाइतेहरूको उद्धारका लागि अहिले सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ।

आइतबार दिउँसो दुई बजेतिर पलाँता वडा नम्बर ५ बाट वडा नम्बर ९ तर्फ जाँदै गरेको क १ ज ५६ नम्बरको बोलेर जिप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार अहिले उद्धार कार्य जारी रहेको छ। मृतकको संख्या यकिन भई नसकेको, १३ जना घाइते रहेको प्रहरीको भनाइ छ। २० जना सवार रहेको उक्त जिप एक्कासि अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।