कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
काठमाडौँ– अदालतले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर उनीमाथि लागेका आरोपको अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
लामिछानेलाई चौथो पटक म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो। जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
रविसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि १३ दिन थुनामा राख्न म्याद थप भएको छ।
यसअघि कात्तिक २० गते कात्तिक १५ गतेबाट लागू हुने गरी १० दिन म्याद थप भएको थियो। उक्त म्याद सकिएपछि आइतबार पुनः प्रहरीले उनीहरूलाई कास्की जिल्ला अदालत पेश गरिएको थियो।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई प्रहरीले सहकारीको रकम अपचलन र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ गरेको थियो। प्रहरीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारीको रकम अपचलनमा एकसाथ अनुसन्धान गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
