व्हाइट हाउसको दैनिक संचालनमा उल्लेख्य भूमिका रहने 'चिफ अफ स्टाफ' पदमा ट्रम्पले सुजी वाइल्सलाई नियुक्त गरिसकेका छन्।
यही नोभेम्बर ५ मा सम्पन्न निर्वाचनको मत परिणामअनुसार डोनाल्ड ट्रम्प संयुक्त राज्य अमेरिकाको ४७औँ राष्ट्रपति हुने भएका छन्।
विश्व राजनीतिको सबैभन्दा महत्त्वपूर्णमध्ये एक मानिएको यस पुनरागमनको चौतर्फी चर्चा छ। साथै, 'महिलाद्वेषी' कहलिएका ट्रम्पलाई हराउँदै संसारकै सर्वशक्तिशाली राष्ट्रले पहिलो महिला राष्ट्रपति र कमान्डर-इन-चिफ पाउनसक्ने सम्भावनाको अध्याय भने एकपटक फेरि समाप्त भएको छ। यसका साथ शुरू भएको छ ट्रम्पको दोस्रो कार्यकालमा उनको प्रशासनमा सम्मिलित हुनसक्ने अनुहारबारे विश्लेषण र लेखाजोखा।
नयाँ राष्ट्रपति चयनसँगै सबैभन्दा चासोका साथ हेरिने पद हो– 'चिफ अफ स्टाफ'। ट्रम्प प्रशासनका सम्भावित नामहरू बारे विश्लेषण भइरहँदा व्हाइट हाउसको दैनिक संचालनमा उल्लेख्य भूमिका रहने चिफ अफ स्टाफ पदमा उनले सुजी वाइल्सलाई नियुक्त गरेका छन्। वाइल्स व्हाइट हाउसकै इतिहासमा प्रथम महिला चिफ अफ स्टाफ हुन्।
अहिले सबैको ध्यान केन्द्रित रहेको छ सेक्रेटरी अफ स्टेट, ट्रेजरी, होमल्यान्ड सेक्युरिटी लगायतका नियुक्तिमा।
अमेरिकाका मतदाताले रक्षा, अर्थ, कानून, विदेश मामिला, आप्रवासी मुद्दा र आन्तरिक सुरक्षा जस्ता नियुक्तिमा धेरै चासो दिन्छन् भने अन्तर्राष्ट्रिय समुदायको पहिलो चासो विदेश मामिला हेर्ने सेक्रेटरी अफ स्टेटमा हुन्छ। अहिले भिन्दाभिन्दै अमेरिकी संचारमाध्यममा रिपब्लिकन स्रोतको हवाला दिँदै सेक्रेटरी अफ स्टेटका लागि फ्लोरिडा राज्यका सिनेटर मार्को रुबिओ, कूटनीतिज्ञ रिचार्ड ग्रेनेलको नाम चर्चामा छ भने रब ओ ब्रायन, बिल ह्यागार्टीलगायत पनि यस पदको दौडमा रहेको बताइएको छ। ट्रम्पका विश्वासपात्र ग्रेनेल राष्ट्रिय सुरक्षा सल्लाहकारका पनि सम्भावित पात्र हुन् भने ओ ब्रायनलाई रक्षा मन्त्रालयका दाबेदारका रूपमा हेरिएको छ। रक्षा मन्त्रायलयको नेतृत्वमा ट्रम्पको सल्लाहकार मण्डलले विचार गरिरहेको प्रबल पात्र भने माइकल वाल्ट्ज हुन्।
यसैगरी स्वास्थ्य विभागका लागि ट्रम्पले रोबर्ट एफ केनेडी जुनियरलाई रुचाएको देखिन्छ। डेमोक्रेटिक पार्टीका राष्ट्रपति जोन एफ केनेडीका भतिजा रोबर्ट डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदमा उठ्ने प्रयास गरे पनि पछि उनी स्वतन्त्र उम्मेदवार हुँदै अन्तत: डोनल्ड ट्रम्पको पक्षमा उभिन पुगेका थिए। ट्रम्पले चुनावी अभियानकै दौरान केनेडीलाई जनस्वास्थ्यको क्षेत्रमा भूमिका दिने वाचा गरेका थिए।
ट्रम्पका विशेष सहयोगी स्टेफन मिल्लर, जो उनको प्रमुख कार्यकालमा पनि उनको प्रशासनको प्रमुख भूमिकामा थिए, फेरि पनि आप्रवासी मुद्दासम्बधित विभागमा दोहोरिने आकलन गरिएको छ। त्यस्तै, वाणिज्य (कमर्स) विभागको प्रमुख दाबेदार लिन्डा मेकमोअन रहेकी छन् भने सोही विभागका लागि ब्रुक रोलिन्स, केली कोफर, बिल ह्यागर्टीको नाम पनि चर्चामा छ। ट्रेजरीका लागि स्कट बेसन्ट, रोबर्ट लाईटहाइजर, जोन पलसन, जे क्लेटन, ल्यारी कडलो आदि चर्चामा छन्।
महान्यायधिवक्ताका लागि ट्रम्पका सल्लाहकारले माइक ली, जोन र्याटक्लिफ, केन प्यास्टन, म्याथ्यु व्हिटेकर, मर्क पोलेटा, एरिक स्मिथ आदि तथा उर्जामा डग बर्गम बारे विचार गरिरहेको र र्याट्क्लिफलाई कुनै खुफिया एजेन्सीको नेतृत्व पनि दिन सकिने बताइएको छ।
अरु दिग्गज राजनीतिज्ञका बीच ट्रम्पले महत्त्वपूर्ण नियुक्ति दिन सक्ने भनेर चर्चामा रहेको नाम हो विश्वकै सर्वाधिक धनी आईटी बिलियनेर एलन मस्क। स्पेसएक्सका प्रमुख मस्कले यस निर्वाचनमा पैसा र प्रविधि दुवैले ट्रम्पलाई सघाएर उनको पक्षमा बलियो माहोल निर्माण गरे। अहिले उनै मस्कले 'डिपार्टमेन्ट अफ गभर्न्मेन्ट इफिसियन्सी'को नेतृत्व पाउने अमेरिकी संचारमाध्यमले जनाएका छन्।
नयाँँ प्रशासनका लागि हावार्ड लट्निक, तुलसी गब्बार्ड, विवेक रामस्वामी, बेन कार्सन, टम होमन, च्याद वोल्फ, ब्रायन हूक, क्रिस्टी नोएम, एलिस स्टेफानिक,किथ केलोग, एल्रिज कोल्बी विभिन्न विभागका लागि विचार गरिएका नामहरू हुन्। ट्रम्प्ले पूर्वसहयोगी माइक पोम्पेओ र निकी हेलीलाई भने यस पटकको सरकारमा सम्मिलित नगर्ने घोषणा गरिसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
