नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १६ ओभर खेल्दै ३३ रन मात्र बनाउन सक्यो।
काठमाडौँ– युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आईसीसी यू१९ महिला टी२० विश्वकप एशिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी भएको छ। नेपालले आइतबारको खेलमा थाइल्यान्डलाई १०६ रनले पराजित गरेको हो।
नेपाल र थाइल्याण्डबीचको खेल दिउँसो ३ः१५ बजे शुरू भएको थियो। नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रन बनाएको थियो। १४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १६ ओभरमा ३३ रनमा समेटियो।
ब्याटिङ गर्ने क्रममा नेपालका लागि साना प्रवीनले ५३, सावित्री धामीले २८ तथा सोनी पाख्रिनले १९ रन बनाइन्।
१४० रनको लक्ष्य पछ्याएको थाइल्यान्डका लागि कुनै पनि ब्याटरले दोहरो अंकमा रन बनाउन सकेनन्। बलिङतर्फ नेपालका लागि कुसुम गोदारले ३, रिया शर्मा र रचना चौधरीले २/२ तथा पूजा महतोले १ विकेट लिए।
गत बुधबारदेखि शुरू भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो। उक्त खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो।
यसैगरी शनिबार खेलेको तेस्रो खेलमा यूएईसँग १३ रनले पराजित भएको थियो। नेपालले आफ्नो पाँचौँ खेल अब मंगलबार कुवेतसँग खेल्ने छ।
प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन्। प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यू१९ महिला टी२० विश्वकपका लागि छनोट हुनेछ।
यू१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
