कारागारभित्र मदिरा सेवन तथा लागुऔषध कारोबारबारे छानबिन गर्न डीएसपी विष्णुप्रसाद सोतीको नेतृत्वमा जिल्ला प्रशासन र कारागार कार्यालयका प्रतिनिधिसमेत रहने गरी पाँच सदस्यीय समिति गठन भएको छ।
सिरहा– सिरहा कारागारमा कैदीहरूले कारागारभित्रै मदिरा सेवन गर्नेदेखि अवैध लागुऔषधसमेत कारोबार गर्ने गरेको सम्बन्धमा अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद सोतीको नेतृत्वमा छानबिन समिति गठन भएको हो।
प्रहरी नायब उपरीक्षक सोतीको नेतृत्वमा जिल्ला प्रशासन र कारागार कार्यालयका प्रतिनिधिसमेत रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए। उनका अनुसार समितिले सोमबारदेखि काम शुरू गर्नेछ।
छानबिन समितिलाई १५ दिनभित्र जिल्ला सुरक्षा समितिलाई प्रतिवेदन बुझाउने समय दिइएको छ। छानबिन समितिले बुझाउने अनुसन्धान प्रतिवेदनका आधारमा कानूनी कारबाही प्रक्रिया अघि बढ्ने प्रमुख जिल्ला अधिकारी दाहालले बताए।
केही दिनअघि कारागारभित्रै मूल नाइके र अन्य कैदीहरूले मदिरा खाँदै गरेको तथा मोबाइल चलाउँदै गरेको घटना प्रमाणसहित सञ्चारमाध्यममा सार्वजनिक भएको थियो। यस्तै, कारागारमा लागुऔषध उपलब्ध हुने गरेको तथ्य पनि खुलेको थियो। यसअघि शनिबार कारागारमा सिरहाका प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनालगायतको उपस्थितिमा अनुगमन गरिएको थियो। उक्त अनुगमनका क्रममा कारागारमा सुर्ती, चुरोटलगायतका अवैध वस्तुहरू भेटिएको बताइएको छ।
यस्तै, यस प्रकरणमा कारागार व्यवस्थापन विभागले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय सिरहालाई घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्न र कारागार कार्यालय सिरहालाई घटनाबारे प्रतिवेदन पठाउन लिखित रूपमा नै निर्देशन दिएको थियो।
यो पनि – सिरहा कारागारः जेल प्रशासन र प्रहरीको रोहबरमा चौकीदारको ‘शासन’
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
