जंगली हात्ती खेतमा पसेर धान खान थालेपछि खेदाउने क्रममा हात्तीले आक्रमण गर्दा झापाकाे हल्दीबारी वडा नम्बर ५ का चार जना किसान घाइते भएका छन्।
काठमाडाैँ– जंगली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते भएका छन्।
हल्दिबारी गाउँपालिका–५ का गौरादेवी पौडेल, नगेन्द्र पौडेल, पार्वता पौडेल र चेतन पौडेल घाइते भएकाे वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापाले जानकारी दिए। घाइतेको भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ।
वडाध्यक्ष थपाका अनुसार हल्दिबारी– ४ स्थित कालीमन्दिर टोलमा आइतबार बिहान तीन बजेतिर जंगली हात्ती निस्किएका थिए। हात्ती खेतमा पसेर धान खान थालेपछि खेदाउने क्रममा हात्तीको आक्रमणमा परी उनीहरू घाइते भएका हुन्।
आहाराको खोजीमा दिनहुँ आउने हात्तीका कारण जंगल आसपासका बासिन्दा समस्यामा परेको वडाध्यक्ष थापाको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
