इजरायली प्रधानमन्त्री नेतान्याहुले विगत केही दिनमा अमेरिकी राष्ट्रपति–निर्वाचित ट्रम्पसँग इजरायलको सुरक्षामा ‘इरानी खतरा’ बारे तीन पटक कुराकानी गरेका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विगत केही दिनमा अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पसँग इजरायलको सुरक्षामा ‘इरानी खतरा’ बारे तीन पटक कुराकानी गरेको उनको कार्यालयले आइतबार बताएको छ।
“पछिल्ला केही दिनमा मैले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तीन पटक कुरा गरेको छु। इजरायल र अमेरिकाबीचको बलियो गठबन्धनलाई अझ बलियो बनाउनका लागि वार्ता गरिएको हो”, आफ्नो कार्यालयले जारी गरेको विज्ञप्तिमा नेतान्याहुले भनेका छन्, “हामी इरानी खतराको हरेक पक्षमा एउटै दृष्टिकोण राख्छौँ।”
उनले ट्रम्पसँग ‘शान्ति र यसको विस्तारको क्षेत्रमा इजरायल समक्ष रहेका ठूला अवसरहरू’ बारे पनि कुरा गरेको बताए। संयुक्त राज्य अमेरिका इजरायलको शीर्ष सहयोगी र सैन्य समर्थक हो। साथै गाजा र लेबनानमा युद्ध चलिरहेको बेला यो निर्वाचन मध्यपूर्वका लागि महत्त्वपूर्ण समयमा आएको छ।
दुई नेताबीच लामो समयदेखिको व्यक्तिगत मित्रता भएकाले र पूर्वराष्ट्रपति ट्रम्प इजरायलको कट्टर शत्रु इरानप्रति कडा धारणा राख्ने भएकाले नेतान्याहुले ट्रम्पको ह्वाइट हाउसमा पुनरागमनको आशा गरेको विश्लेषकहरूको विश्वास छ।
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले अमेरिकी दूतावास जेरुसेलममा सारेका थिए, कब्जा गरिएको गोलान हाइट्समाथि इजरायलको सार्वभौमसत्ता स्वीकार गरे र तथाकथित अब्राहम सम्झौताअन्तर्गत इजरायल र केही अरब राष्ट्रबीच सम्बन्ध सामान्यीकरण गर्न मद्दत गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
