चेल्सीको मैदान स्टामाफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा दुवै टिमले एक/एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले एक एक अंक बाँडेका छन्। चेल्सीको मैदान स्टामाफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा दुवै टिमले एक/एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलको अन्तिम क्षणमा आर्सनलले महत्त्वपूर्ण गोल गर्ने मौका गुमाउँदा स्पष्ट ३ अंक लिन असफल भयो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
६०औँ मिनेटमा आर्सनलका गेब्रियल मार्टिनेलीले गोल गर्दै अग्रता दिलाएका थिए। यसै खेलमा कप्तान मार्टिन ओडोगार्डले कमब्याक गरेका थिए। चोटपछि पहिलो पटक मैदान उत्रिएका उनैले दिएको पासमा मार्टिनेलीले गोल गरे। तर, खेलको ७०औँ मिनेटमा चेल्सीका पेड्रो नेटोले बललाई २५ यार्ड टाढाबाट गोल गर्दै खेललाई बराबरीमा पु¥याए। त्यसपछि थप गोल नहुँदा दुवै टिमले अंक बाँडे।
चेल्सी र आर्सनलको बराबरीले बराबरीले लिभरपुल शीर्ष स्थानमा मजबुत रहेको छ भने आर्सनललाई लिभरपुलसँगको दुरी कम गर्न चुनौती थपिएको छ। आर्सनलले पछिल्लो चार खेलमा जित निकाल्न नसक्दा लिग तालिकामा चौथो स्थानमा छ भने चेल्सी तेस्रो स्थानमा छ।
दुवै टिमले समान ११ खेलबाट १९ अंक बनाएका छन्। म्यानचेस्टर सिटी २३ अंकका साथ दोस्रो स्थानमा रहँदा लिभरपुल भने २८ अंकका साथ शीर्ष स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
