बागलुङमा ‘पिकअप भ्यान’ दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु

घटनामा मृतकको पहिचान खुलिसकेको छैन। एक जनाको भने जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रतीकात्मक तस्वीर

बागलुङ– बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअप भ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै सोमबार बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ।

ग२च ९२४७ ‘पिकअपभ्यान’ सडकदेखि १०० मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए। घटनामा मृतकको पहिचान खुलिसकेको छैन। ‘पिकअप भ्यान’मा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए।