तोलामा १ हजार रुपैयाँले घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ।

काठमाडाैँ– आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको हो। अघिल्लो दिन १ लाख ६६ हजार रुपैयाँ थियो।

केही दिनयता सुनको मूल्य घट्नेबढ्ने भइरहेको छ। गत बिहीबार तोलामै ४ हजार रुपैयाँले घटेर १ लाख ६८ हजार ५०० रुपैयाँ तोकिएको थियो।

आज चाँदीको मूल्यमा भने सामान्य घटेको छ। आइतबार तोलाको मूल्य १ हजार ९६० रहेकोमा आज ५ रुपैयाँले घटेर १ हजार ९५५ कायम भएको महासंघले जनाएको छ।