त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति भइरहेकाले अन्तर्राष्ट्रिय उडान सीमित भई हवाइ भाडा पनि बढेको छ। जसले गर्दा गन्तव्य देशमा जान भारतको बाटो अपनाउनुपर्ने बाध्यता छ।
काठमाडौँ– वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जान ‘नो अब्जेक्सन सर्टिफिकेट’ अर्थात् एनओसी नचाहिने व्यवस्था गरिएको छ।
साथै संयुक्त राज्य अमेरिका, क्यानडा, जापान, बेलायत तथा सेन्जेन भिसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी नचाहिने भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति भइरहेकाले अन्तर्राष्ट्रिय उडान सीमित हुनुका साथै भाडादर पनि निकै बढैको छ। जसले गर्दा नेपालीहरूलाई गन्तव्य देशमा जान भारतको बाटो अपनाउनुपर्ने बाध्यता छ। यसै सन्दर्भमा नयाँ व्यवस्थाबारे जानकारी गराउन दूतावासले सोमबार सूचना जारी गरेको हो।
श्रम स्वीकृति नलिएकाहरूले भने भारत हुँदै साउदी अरेबिया, कतार, कुवेत, यूएई, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाने नेपाली नागरिकले दूतावासबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्ने हुन्छ। रसिया जाने नेपाली नागरिकले पनि एनओसी लिनुपर्ने छ। तर, रसिया सरकारबाट छात्रवृत्ति पाएका विद्यार्थी र व्यापारिक भिसा भएकाहरूलाई भने एनओसी आवश्यक नपर्ने दूतावासले जनाएको छ।
दूतावासका अनुसार कूटनीतिक तथा प्रशासनिक सेवा पासपोर्ट भएकाहरू, संयुक्त राष्ट्रसंघको लेसेज पासर (यूएनएलपी) बोक्नेहरू र १६ वर्ष मुनिका बालबालिकालाई पनि एनओसी आवश्यक गरिएको छैन।
एनओसी आवश्यक पर्ने नेपाली नागरिकले यस लिंकमा गई आवश्यक कागजातहरू पेश गर्न सकिने दूतावासले जनाएको छ। यात्राको कम्तीमा ७ दिन अगाडि आवेदन दिनुपर्ने र दस्तुरका लागि प्रतिव्यक्ति १०० भारु तोकिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
