सोमबार नेप्से परिसूचक २२ अंकले बढेर २७६० को विन्दुमा कायम भएको छ भने ११ अर्ब ३१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँ– साताको दोस्रो कारोबार दिन सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २२ अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ को विन्दुमा कायम भएको हो।
यस दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६१ अंकले बढेर ४९०.७२ को विन्दुमा उक्लिएको छ। कारोबार भएका १३ उपसमूहमध्ये आठ वटाको शेयर मूल्य उकालो लाग्दा पाँच वटामा गिरावट देखिएको छ। यस दिन लघुवित्तको उपसूचकमा सबैभन्दा बढी ३.२० प्रतिशतको वृद्धि देखिएको छ।
यस दिन दुई करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर एक लाख १३ हजार ९६४ पटक किनबेच भयो। जसबाट ११ अर्ब ३१ करोड ५२ लाख सात हजार १२७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
यस दिनको कारोबारमा पाँच वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। नेप्सेका अनुसार सपोर्ट लघुवित्त, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त र सिर्जनशील लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको हो। त्यस्तै, माछापुच्छ्रे बैंक र नारायण विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन्।
त्यस्तै, यस दिनको कारोबारमा इस्ट्रन हाइड्रो पावरको शेयर मूल्य १० प्रतिशतले घटेको छ। त्यस्तै, समृद्धि फाइनान्स ९.७१, सानिमा जीआईसी इन्स्योरेन्स ४.१३, दिव्यश्वरी हाइड्रोपावर ३.९९ र सिनर्जी पावरका लगानीकर्ताले ३.५० प्रतिशतले गुमाएका छन्।
यस दिन कारोबारका आधारमा सर्वाधिक साहस ऊर्जाको ३८ करोड १७ लाख ८७ हजार २४४ रुपैयाँ बराबरको शेयर किनबेच भयो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
