हाल छनोट भएका ६४ परियोजनाको कुल क्षमता ९७४ मेगावाट बराबर छ।
काठमाडौँ– ऊर्जा मिश्रणको अवधारणालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने लक्ष्यसाथ नेपाल विद्युत् प्राधिकरणले ६४ वटा ऊर्जा कम्पनी छनोट गरेको छ।
प्राधिकरणले प्रतिस्पर्धाका आधारमा ती कम्पनी छनोट गरेको जनाएको छ। ऊर्जा मिश्रण अवधारणा कार्यान्वयन गर्ने र हिउँदको ऊर्जा माग सम्बोधन गर्ने लक्ष्यसाथ सौर्य परियोजनालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न मार्ग प्रशस्त गरेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार तराईका विभिन्न जिल्लामा सौर्य परियोजनालाई अगाडि बढाउन लागिएको हो। प्राधिकरणले एक हजार मेगावाट क्षमता बराबरका आयोजना अगाडि बढाउन लागेको हो।
प्राधिकरणले यसअघि ८०० मेगावाट बराबरको सौर्य परियोजना अगाडि बढाउने निर्णय गरेको थियो। त्यसमा २० प्रतिशत थप गर्ने निर्णय भएको थियो। प्राधिकरणले छनोट गरेका आयोजनाको क्षमता एकदेखि ५० मेगावाट बराबर छन्। हाल छनोट भएका ६४ परियोजनाको कुल क्षमता भने ९७४ मेगावाट बराबर छ।
प्राधिकरणले प्रतिकिलोवाट चार रुपैयाँ ९९ पैसादेखि पाँच रुपैयाँ ५५ पैसासम्मको दर तय गरेको छ। बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खरिद गर्ने गरी प्राधिकरणले सौर्य ऊर्जा उत्पादक कम्पनीसँग आवश्यक प्रक्रिया अगाडि बढाइने जनाएको छ।
हिउँदमा नदीको जलस्तर घटन गई ऊर्जा उत्पादन केन्द्रहरूले कम क्षमतामा मात्रै बिजुली उत्पादन गर्ने भएकाले सौर्य परियोजनाको अवधारणा अगाडि सारिएको हो। दिनभरको माग सम्बोधन गर्न सौर्य ऊर्जा प्रभावकारी हुने ठहरसहित तत्कालका लागि झन्डै एक हजार मेगावाट बराबरको बिजुली प्रणालीमा जोडन लागिएको हो।
दिनको माग धान्न वैकल्पिक व्यवस्था गर्न सकिए साँझ वा रातको माग भने जलविद्युत् आयोजनाले सम्बोधन गर्ने विश्वास लिइएको छ। सरकारले ठूला जलाशयुक्त आयोजनाको अवधारणा अगाडि सारे पनि निर्माण सम्पन्न गर्न लामो समय लाग्ने देखिन्छ।
केही जलाशययुक्त आयोजनाको प्रक्रिया अगाडि बढाइएको भए पनि लगानीको ढाँचालगायतका विषयमा सहमति जुट्न नसक्दा निर्माणमा जान ढिलाइ भइरहेको छ। जानकारहरूका अनुसार एकदेखि डेढ वर्षभित्रमा सौर्य परियोजनाले बिजुली उत्पादन गर्ने भएकाले प्रणाली व्यवस्थापन गर्न सहज हुने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
