यस्तो रहनेछ मंगलबारको मौसम

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ।

काठमाडौँ– देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना छ।

यसैगरी, राति कोशी, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकीमा हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।