नदी क्षेत्रको करिब ३० किलोमिटरको दूरीमा गरिएको सरसफाइबाट दुई हजार ८०० किलो फोहोर संकलन गरिएको छ।
भरतपुर– चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्ने राप्ती नदीमा सरसफाइ गरिएको छ। राप्ती नदी तटीय सरसफाइ अभियानले सोमबार भरतपुर महानगरपालिका–२२ स्थित पटिहानीबाट भरतपुर महानगरको अन्तिम बिन्दु गोलाघाटसम्मको नदी किनार सरसफाइ गरेको हो।
नदी किनारमा मानवीय क्रियाकलाप बढ्दै गएपछि चेतना जगाउने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको राप्ती सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले जानकारी दिए। करिब ३० किलोमिटरको दूरीमा गरिएको सरसफाइबाट दुई हजार ८०० किलो फोहोर संकलन गरिएको उनले बताए। सो क्रममा सिसा, प्लास्टिक, कपडा, बोटल, धातुलगायत २७ प्रकारका फोहोर भेटिएको छ।
अभियानले नदी क्षेत्रबाट २५ हजार मेट्रिक टन फोहोर संकलन गरेर व्यवस्थापन गरेको छ। राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्ने यस नदी क्षेत्रमा लोपोन्मुख वन्यजन्तु, जलचरसमेत पाइन्छन्।
तर मानवीय क्रियाकलापका कारण उनीहरूलाई असर परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डा. गणेश पन्तले जानकारी दिए।
“यहाँ घडियाल गोही जालमा परेको पाइएको छ। मृगहरूले प्लास्टिक खाएको देखिन्छ। गैँडालगायत जनावरका खुट्टामा सिसा गाडिएको देखेका छौँ,” उनले भने, “प्लास्टिक तथा सिसाजन्य फोहोरका कारण वनस्पतिलाई समेत असर पर्ने देखिन्छ।”
राप्ती नदीलाई संरक्षण गर्न मानवीय व्यवहारमा परिवर्तनसँगै कानून निर्माण गर्नुपर्ने उनको भनाइ छ। सरसफाइ कार्यक्रममा निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती सामुदायिक वनका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, विद्यार्थीलगायतको सहभागिता थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
