कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्रका जवानको मृत्यु

चोभार गेट नजिक स्कुल बसले ठक्कर दिँदा माेटरसाइकलमा सवार सशस्त्र प्रहरी जवान सुवाशचन्द्र रतालाकाे मृत्यु भएकाे छ।

काठमाडौँ– काठमाडौँको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको ज्यान गएको छ।

चोभार गेट नजिक इण्डियन मोडर्न स्कुलको बसले ठक्कर दिँदा बझाङ जयपृथ्वीबहादुर–५ का २९ वर्षीय सुवाशचन्द्र रतलाको ज्यान गएको हो। प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीका अनुसार मोटरसाइकलमा रहेका रतलालाई बसले ठक्कर दिएर घाइते बनाएको थियो।

गम्भीर घाइते उनको बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मैनालीले बताए। रताला सशस्त्र प्रहरी मुख्यालय हलचोकमा कार्यरत थिए।