प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्चले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो।
काठमाडौँ– ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले दोषी ठहर गरेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मनाङेलाई मंगलबार काठमाडौँको सीतापाइलाबाट पक्राउ गरेको प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।
मनाङेलाई फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइने सीआईबीले जनाएको छ।
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्चले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो। सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले गुरुङको मुद्दामा उच्च अदालत पाटनको फैसलालाई सदर गरेको थियो।
उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा गुरुङलाई दोषी ठहर गर्दै पाँच वर्षको कैद सजाय सुनाएको थियो। त्यसविरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए।
२०६१ सालमा गुरुङले चर्के मिलनमाथि तरबार प्रहार गर्दा उनको हाट काटिएको थियो। पछि अस्पतालमा उनको हात जोडिएको थियो। यो विषयलाई लिए चक्रे मिलनकी श्रीमती इन्दिरा गुरुङले गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि उनीमाथि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
जिल्ला अदालतले कुटपिट भएको ठहर गर्दै गुरुङलाई दुई वर्षको कैद सजाय सुनाएको थियो। गुरुङको सजायमा चित्त नबुझाई सरकारी वकिलको कार्यालय पुनरावेदनमा गएको थियो।
उच्च अदालत पाटनले २०६९ सालमा गुरुङले ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै पाँच वर्षको कैद सजाय तोकेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
