तोलामा २ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य २ हजार ४०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज १ लाख ६२ हजार ६०० तोकिएको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ। सोमबार प्रतितोला १ हजार ९५५ रहेको चाँदी १ हजार ९२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।