विदेश पठाइदिने भन्दै १२ लाख लिएको आरोपमा ३ जना पक्राउ

स्याङ्‌जाको बिरुवा–१ की ५० वर्षीया कमला कुमारी केसी, बागलुङको बडिगाड–९ की २२ वर्षीया सीता बुढा र झापाको मेचीनगर–१० का २६ वर्षीय मनिश खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौँ– वैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

स्याङ्‌जाको बिरुवा गाउँपालिका–१ की ५० वर्षीया कमला कुमारी केसी, बागलुङको बडिगाड गाउँपालिका–९ की २२ वर्षीया सीता बुढा र झापाको मेचीनगर नगरपालिका–१० की २६ वर्षीय मनिश खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेकामध्ये केसीले क्रोएसिया पठाइदिन्छु भन्दै चार जनाबाट ८ लाख २५ हजार, बुढाले बेलायत पठाइदिने भन्दै एक जनाबाट २ लाख र खड्काले क्रोएसिया पठाइदिने भन्दै एक जनाबाट २ लाख २५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो। 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाही लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।