नेप्से परिसूचक ११ अंकले घट्यो, ७ अर्ब ८५ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ को विन्दुमा सीमित भएको छ।

काठमाडौँ– अघिल्ला दिनका तुलनामा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ओरालो लागेको छ। लगातार उकालो लागेको नेप्से परिसूचक यस दिन ११.२४ अंकले ओरालो लागेर २७४८.९६ को विन्दुमा सीमित भएको हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९३ अंकले ओरालो लागेर ४८८.७८ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये तीनको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य ओरालो लागेको छ।

कुल एक करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर सात अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ रुपैयाँमा खरिदबिक्री भएको नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार गुराँस लघुवित्त, मेछ्याङ हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। वेस्ट फाइनान्स ९.९९, एनएलजी इन्स्योरेन्स कम्पनी ९.९९ र समृद्धि फाइनान्सका लगानीकर्ताले ९.६१ प्रतिशतले कमाएका छन्।

गुडविल फाइनान्स ९.३६,आँखु खोला जलविद्युत् कम्पनी ४.९१, माछापुच्छ्रे बैंक ४.५९, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी ३.७१ र हिमालय बैंकको बन्डका लगानीकर्ताले ३.४८ प्रतिशतले गुमाएका छन्।